धनुषामा सद्भाव र्याली निकाल्ने निर्णय
nepalviews.com · Fri Jul 31 14:11:25 GMT 2026

जनकपुर । धनुषामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । शुक्रबार बसेको संर्वपक्षीय सद्भाव बैठकले धनुषा जिल्लामा विगतका दिनदेखि भईरहेको प्रदर्शनपश्चात जिल्लाको शान्ति, व्यवस्था, सुरक्षा सम्बन्धमा छलफल एवम समीक्षा गरेको छ ।
बैठकमा धनुषा जिल्लाको सदरमुकाम लगायत अन्य स्थानमा सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमनचयन कायम राख्न सम्पूर्ण धर्म, समुदायका अगुवा, नागरिक समाज, बुद्धिजिवी, राजनीतिक दल, संघ संस्था, स्थानीय तहका जनप्रतिनिधिहरु र सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरुले आ–आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)