सन्धिखर्क–गोरुसिंगे सडक ५३ वर्षदेखि निर्माणाधीन, अझै दुई लेनमा स्तरोन्नति हुन सकेन
kendrabindu.com · Mon Jun 29 04:15:04 GMT 2026

अर्घाखाँची । जिल्ला सदरमुकाम जोड्ने सन्धिखर्क–गोरुसिंगे सडकमा ५३ वर्षदेखि निरन्तर काम पनि सडक यात्राको जोखिम हटेको छैन । यो सडक अन्तरगतको बसेरी, डोहोटे, नरपानी, फुदवाङ, ठाडालगायतका ५० ठाउँमा साँघुरा घुम्तीले जोखिमयुक्त यात्रा गर्नुपरेको छ । हरेक वर्ष न्यून बजेट विनियोजन हुँदा एउटै सडकको काम वर्षौंसम्म पूरा हुन नसकेको हो ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जोड्ने पुरानो सडक सन्धिखर्क–गोरुसिंगे सडक हो । पछिल्लो समय धार्मिक तीर्थस्थल सुपा देउराली मन्दिरमा दर्शनार्थी आउजाउको लागि गाडीको चाप हुँदा सन्धिखर्क–गोरुसिंगे सडक पर्यटकीय बाटोको रुपमा परिणत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)