बौद्ध वृत्तका डीएसपी फेरिए
ratopati.com · Fri Jul 31 14:48:46 GMT 2026

काठमाडौँ । प्रहरी वृत्त बौद्धका डीएसपी फेरिएका छन्। बौद्धमा कार्यरत डीएसपी सन्तोष रोक्कालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज सरुवा गरिएको छ । बौद्धमा मदनजित महरालाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए।
एक वर्ष अवधि नपुग्दै रोकालाई परिसर तानिएको हो। केही कुरा बुझ्नुपर्ने भएको हुनाले उनलाई परिसरमा हाजिर गराइएको उपत्यका प्रहरी कार्यालयका एआईजी सुशील सिंह राठौरले रातोपाटीलाई बताए । रोक्का जेनजी आन्दोलनपछि बौद्धको इन्चार्जको रूपमा सरुवा भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)