प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारको उच्च प्राथमिकता : प्रधानमन्त्री
annapurnapost.com · Fri Jul 31 14:47:58 GMT 2026

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आफू नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। तराई-मधेसमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे सिंहदरवारमा आयोजित छलफलमा उनले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्णरूपमा सशक्त बन्ने यथार्थ औंल्याएका हुन्।
संविधान जारी भएपछि संघीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उनले प्रदेशहरूलाई केन्द्रबाट आफ्ना अधिकार सुम्पन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको बताए। प्रधानमन्त्री शाहले सरकारद्वारा प्रस्तुत बजेट पूर्णरूपमा समावेशी रहेको र यसले देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा सीमान्तकृत वर्गको हितलाई समेट्ने उद्देश्य राखेको स्मरण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)