निर्मल पुर्जाको सकुशल उद्धारका लागि सबै संयन्त्र परिचालन गर्न नेपाली कांग्रेसको आग्रह
ratopati.com · Fri Jul 31 15:03:12 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले पाकिस्तानको ब्रड पिक क्षेत्रमा हिमपहिरोसँग सम्बन्धित घटनापछि सम्पर्कविहीन रहेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स) को सकुशल खोजी तथा उद्धारका लागि उपलब्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संयन्त्र परिचालन गर्न आग्रह गरेको छ।
शुक्रबार महामन्त्री प्रदीप पाैडेलद्वारा जारी प्रेस विज्ञप्तिमा कांग्रेसले पुर्जाको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै उहाँको सकुशल उद्धारका लागि संलग्न उद्धार टोलीको सफलताको कामना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)