पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]
pahilopost.com · Sun Jul 16 07:52:43 UTC 2023

यस मिडिया हाउसले संचालनमा ल्याएको पहिलोपोस्टडटकम को २०८० साउन १ गतेदेखि प्रकाशन स्थगन हुने जानकारी गराउँछौं। एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो। बिजमाण्डू प्रालि अन्तर्गत रहेर पहिलोपोस्टमा कार्यरत सबै पत्रकार अब बिजमाण्डूडटकम मा आवद्ध हुनुहुनेछ। उहाँहरुको आवद्धतासँगै समाज र राजनीति केन्द्रित पहिलोपोस्टका सामग्रीहरु आगामी दिनमा बिजमाण्डूडटकम मा फरक स्वादमा उपलब्ध हुनेछन्।
वि सं २०७१ साउन १ गतेबाट प्रकाशन सुरु भएको यस समाचार साइटप्रति अगाध माया प्रदान गर्ने सबै पाठकप्रति हामी आभारी छौं। यहाँहरुले दिनुभएको त्यो साथ बिजमाण्डूमा थपिने अपेक्षा पनि गरेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)