सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
lokaantar.com

सरकार र आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिबीच पाँच बुँदे सहमति भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच सहमति जुटेसँगै लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले देशभर सञ्चालन गर्दै आएका आन्दोलन र अनसनका सबै कार्यक्रम आजैका मितिदेखि अन्त्य गर्ने सहमति भएको छ ।
अर्थमन्त्रीस्तरको साउन १४ गतेको निर्णयानुसार गठित सरकारी वार्ता टोली र संघर्ष समितिका पदाधिकारीबीच भएको सहमतिअनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले गत साउन २२ गते पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि १५ दिनभित्र अर्थ मन्त्रालयसमक्ष सिफारिस गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)