प्रदर्शनकारीको मृत्यु भएपछि गोलबजारका इन्स्पेक्टरको सरुवा
ratopati.com · Fri Jul 31 15:40:25 GMT 2026

काठमाडौँ। सिरहाको गोलबजार स्थित इलाका प्रहरी कार्यालयका प्रदर्शनकारीको मृत्यु भएपछि त्यहाँ कार्यरत इन्स्पेक्टरको सरुवा गरिएको छ । गोलबजारमा कार्यरत सुदन केसीलाई त्यहाँबाट हटाइएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार गोलबजारमा इन्स्पेक्टर दिपक खरेललाई पठाइएको छ ।
बिहीबार गोलबजारमा झडप हुँदा गोली लागेर १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । उनी औरही गाउँपालिका–२ का स्थानीय हुन् । स्थिति अशान्त बनेसँगै सिरहा, धनुषा र पर्सामा कर्फ्यु आदेश जारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)