आम्दानी भइरहेको भन्दै हिंसात्मक सामग्री हटाउन नमान्नेमाथि कारबाही गर्न साइबर ब्युरोलाई काउन्सिलको पत्र
techpana.com · Fri Jul 31 16:20:29 GMT 2026

काठमाडौं । मनिटाइजेसनबाट आम्दानी भइरहेको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने सामग्री हटाउन हटाउन अस्वीकार गरेको पाइएको छ । हिंसा र घृणा फैलाउने खालका सामग्री पोस्ट गर्ने त्यस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोसँग समन्वय सुरु गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले मानवीय संवेदनशीलताभन्दा आर्थिक लाभलाई प्राथमिकता दिने यस्तो प्रवृत्ति सामाजिक उत्तरदायित्व र पत्रकारिताको मूल मर्मविपरीत भएको जनाएको छ । काउन्सिलका अनुसार यस्ता सामग्री तथा सम्बन्धित सामाजिक सञ्जाल खातामाथि अनुसन्धान र आवश्यक कारबाहीका लागि साइबर ब्युरोलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)