नीतिगत अनिश्चितताले जीडीपीदेखि सेयर बजारमा कसरी पार्यो असर ?
baahrakhari.com · Fri Jul 31 16:40:18 GMT 2026

काठमाडौं । आर्थिक नीतिगत अनिश्चिततामा हुने विचलन बढ्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब दुई प्रतिशतले घट्ने नेपाल राष्ट्र बैंकको एक अध्ययनले निष्कर्ष निकालेको छ । सन् २०११ जनवरीदेखि २०२६ अप्रिलसम्मको अवधिमा गुगलमा खोजी गरेको तथ्यांक प्रयोगको आधारमा नेपालका लागि पहिलोपटक आर्थिक नीति अनिश्चितता सूचकांक निर्माण गरेको राष्ट्र बैंकले बताएको छ ।
यो अध्ययनले नीतिगत अन्योल बढ्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी), आयात, निजी क्षेत्रको कर्जा र सेयर बजारमा नकारात्मक असर पर्ने तथ्य उजागर गरेको छ । यसकारण आर्थिक नीतिमा आउने अनिश्चितताले समग्र अर्थतन्त्रमा संकुचन ल्याउने देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)