जनसङ्ख्या अध्ययन तथा सूचना केन्द्र स्थापना गर्न माग
ratopati.com · Fri Jul 31 16:41:50 GMT 2026

काठमाडौँ । नेपाल जनसङ्ख्या सङ्घ (पान) ले जनसङ्ख्या अनुसन्धान तथा सूचना केन्द्र स्थापना गर्न सरकारसँग माग गरेको छ । पानको एक टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधाननन्त्रीको निजी सचिवालयमा एक स्मरणपत्र बुझाउँदै नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना, बसाइँसराइ तथा यसले सामाजिक, राजनीतिक क्षेत्रमा पार्ने असरबारे समयमै सूचित गर्न छुट्टै निकाय आवश्यक रहेकामा जोड दिएको हो ।
पानका अध्यक्ष डा.पदमप्रसाद खतिवडा, उपाध्यक्ष मनु मिश्र, महासचिव प्रदीप बोहोरा सहिनको टोलीले प्रधानमन्त्रीको सचिवालयमा बुझाइएको स्मरणपत्रमा हालै सङ्घीय मन्त्रालयको पुनःसंरचनाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ‘जनसङ्ख्या’ हटाइएकामा चिन्ता व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)