लागुऔषध कारोबारको उद्देश्यले प्रेम गरेर दोस्रो विवाह, अहिले दम्पती नै थुनामा
ratopati.com · Fri Jul 31 16:55:47 GMT 2026

काठमाडौँ । सप्तरीमा हार्डवेयर चलाउँदा चलाउँदै कृष्ण यादव लागुऔषध खैरो हेरोइन कारोबारमा लागे । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–४ घर भएका ३४ वर्षीय यादव खैरो हेरोइन ओसारपसार गर्न लागेपछि त्यसबाट निस्कनै चाहेनन् । भारतबाट खैरो हेरोइन मगाएर उनले काठमाडौँ पठाउँथे ।
काठमाडौँमा सामान रिसिभ गर्ने आफ्नो मान्छे नभएपछि उनले ३३ वर्षीया सविना अधिकारीसँग प्रेम गरे । डिप्लोमा पढ्दै गरेकी सविनालाई लोकसेवाको तयारी गर्न भनेर काठमाडौँमा डेरा खोजेर राखे । कोटेश्वर महादेवस्थान स्थित डेरामा बसेर सविना डिल्लीबजारमा लोकसेवाको कक्षा लिन्थिन् । अनि, सप्तरीबाट कृष्णले पठाउने लागुऔषध रिसिभ गरेर उनले भनेको ग्राहकलाई जिम्मा लगाउँथिन् । तिनै सविनासँग कृष्णले दोस्रो विवाह गरे । सविना धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ की स्थानीय हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)