रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन
onlinekhabar.com · Thu Aug 27 13:45:09 GMT 2026

११ भदौ, महोत्तरी । रसुवामा आएको भीषण बाढीपछि महोत्तरी जिल्लाका ११ जना सम्पर्कविहीन भएका छन् । बुधबार आएको विनाशकारी बाढीपछि रसुवामा कार्यरत तथा भ्रमणमा रहेका जिल्लाका ११ जना सम्पर्कविहीन रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सम्पर्कविहीन हुनेमा बर्दिबास नगरपालिका–३ का इन्जिनियर सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, गौशाला नगरपालिका–१ का विजय थापा मगर, पिपरा गाउँपालिका–३ का इन्जिनियर विकास यादव रहेका छन् । त्यसैगरी औरही नगरपालिका–३ का सचिन कुमार यादव, जलेश्वर नगरपालिका–१० का सुशील लाल दास, जलेश्वर–९ का राकेश कुमार यादव, लोहरपट्टी नगरपालिका–७ का युवराज पाण्डे तथा गौशाला नगरपालिका–८ का शीतल लुङ्गेली, उनका श्रीमति सरीता लुङगेली र उनका छोरा साइमन लुङगेली रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)