ललितपुरका तीन स्थानीय तहले गरे एक करोड ८० लाख राहतको घोषणा
makalukhabar.com · Thu Aug 27 13:50:10 GMT 2026

काठमाडौं । नेपाल-चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारहरूका लागि ललितपुरका तीन वटा स्थानीय तहले रु एक करोड ८० लाख नगद राहत सहयोग गर्ने घोषणा गरेका हुन् ।
ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले आज कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले दिएको जानकारीअनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि महानगरका तर्फबाट रु एक करोड रकम प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरुप जम्मा गर्ने निर्णय गरिएको छ । साथै, यस घटनाबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्य प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउन महानगरा तत्पर रहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)