नक्कली भारतीय नोटसहित दुईजना पक्राउ
baahrakhari.com · Fri Jul 31 17:55:51 GMT 2026

बुटवल । रुपन्देही प्रहरीले भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ७० हजार भारतीय रुपैयाँबराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, बिहीबार राति करिब ९ बजे सिद्धार्थनगर नगरपालिका–१२ क्षेत्रमा भारतीय नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)