सानिमा बैंकले गर्यो लाभांश प्रस्ताव
baahrakhari.com · Thu Aug 27 13:49:17 GMT 2026

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावअनुसार, साधारण सेयरधनीहरूलाई सञ्चित नाफाबाट १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ ।
त्यसैगरी, अग्राधिकार सेयरधनीहरूलाई सेयर बाँडफाँड भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका लागि समानुपातिक रूपमा ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)