युरोपमा चरम गर्मी, १८ सहरमा 'रेड अलर्ट'
hamrakura.com · Mon Jun 29 00:00:00 GMT 2026
काठमाडौँ । युरोपका विभिन्न देशहरू हाल इतिहासकै कीर्तिमानी गर्मीको चपेटामा परेका छन्। जलवायु परिवर्तनका कारण युरोपेली महाद्वीपमा चरम गर्मीको नयाँ युग सुरु भएको भन्दै वैज्ञानिकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। तापक्रममा भएको यो उच्च वृद्धिका कारण स्वास्थ्य, यातायात र अग्नि नियन्त्रण सेवाहरूमा ठुलो चाप परेको छ भने सम्बन्धित निकायहरूले स्वास्थ्य सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेका छन्।
फ्रान्समा गर्मीले दशकौँ यताको रेकर्ड तोडेको छ। गत जुन २४ मा फ्रान्समा सन् १९४७ यताकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ। अत्यधिक गर्मीका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने विशेष गरी सडकमा बसोबास गर्ने असहाय व्यक्तिहरूमा यसको गम्भीर असर देखिएको सामाजिक सेवा अधिकारीहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)