बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह
ratopati.com · Fri Jul 31 20:18:47 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र कानुनी व्यवस्था कायम राख्न अभिभावकहरूसँग आग्रह गरेको छ ।
प्रहरी कार्यालयले शुक्रबार अपिल जारी गर्दै सडक प्रदर्शन, जुलुस तथा भीडमा बालबालिकाको संलग्नता बढ्दै गएको उल्लेख गर्दै यसप्रति सबै अभिभावक सचेत हुनुपर्ने उल्लेख गरेको छ । अपिलमा अभिभावकलाई आफ्ना बालबालिकालाई उत्तेजनात्मक, हिंसात्मक तथा कानुन विपरीत गतिविधिमा सहभागी हुन नदिन, अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन तथा उनीहरूको गतिविधिमा निगरानी राख्न अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)