उदयपुर र झापामा हात्ती आतंक, स्थानीयले भागेर ज्यान जोगाए
corporatenepal.com · Mon Jun 29 04:49:20 GMT 2026
काठमाडौं । उदयपुर र झापामा जंगली हात्तीको आतंक सुरु भएको छ । आइतबार राति दुई जिल्लामा हात्ती प्रवेश घर भत्काएपछि स्थानीयले भागेर ज्यान जोगाएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको हो । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए । प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो ।
यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ । राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएको स्थानीय पुष्प राईले बताउनुभयो । हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)