जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
annapurnapost.com · Mon Jun 29 04:55:06 GMT 2026

सल्यान : २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। सिद्धकुमाख गाउँपालिका-३ डाँडाकटेरी बस्ने ३० वर्षीय वीरेन्द्र बोहरालाई शनिबार दिउँसो प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो।
महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)