दाङमा ‘सूचना प्रविधि मेला’
ratopati.com · Fri Jul 31 22:38:13 GMT 2026

दाङ । ‘कोड फर चेन्ज दाङ’ को आयोजनामा शुक्रबारदेखि यहाँ तीन दिने सूचना प्रविधि मेला सुरु भएको छ । मेलाको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गरे ।
नगर प्रमुख चौधरीले सूचना प्रविधि आजको विश्वको सबैभन्दा शक्तिशाली माध्यम बनेको उल्लेख गर्दै युवाहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई स्थानीय सरकारले सदैव प्रोत्साहन गर्ने बताए । उनले प्रविधिलाई केवल अध्ययनको विषयका रूपमा मात्र नभई उद्यम, रोजगारी र समाज रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)