विपदबाट ३ महिनामा १९३ जनाको मृत्यु
annapurnapost.com · Sat Aug 01 01:28:28 GMT 2026

काठमाडौं : वैशाखदेखि साउन १५ गतेसम्म देशभर भएका विभिन्न विपद्का घटनामा १ सय ९३ जनाको मृत्यु भएको छ। १ हजार १ सय ८५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी सर्पदंशबाट ५३ जनाको मृत्यु भएको छ। सर्पदंशका घटनामा १ सय ३२ जना घाइते भएका छन्। त्यस्तै, चट्याङ लागेर २५ जनाको मृत्यु हुँदा १ सय ३२ जना घाइते भएका छन्। लेक लागेर २२ जनाको मृत्यु तथा ३६ जना घाइते भएका छन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)