फिफाको निजी लगानी योजना रद्द, इन्फान्टिनोमाथि नेतृत्व संकट
barnanmedia.com · Sat Aug 01 01:39:36 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यवसायिक संरचनाको एक हिस्सा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रस्ताव फिर्ता लिएको छ । सदस्य राष्ट्रका फुटबल संघहरूबाट तीव्र विरोध भएपछि फिफाले यो विवादास्पद योजना अघि नबढाउने निर्णय गरेको हो ।
फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा करिब २० प्रतिशत हिस्सा बिक्री गरेर ४.२ अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरेको थियो । उक्त योजनाअनुसार नयाँ कम्पनीको मूल्यांकन करिब २० अर्ब डलर हुने अनुमान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)