बाढी प्रभावित क्षेत्रमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
lokaantar.com

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। विपद्मा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ।
बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५० जना, नेपाली सेनाका ४ हजार २०० जना र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन्। सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीले हवाई र पैदल दुवै मार्गबाट कार्य अघि बढाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)