विश्वविद्यालयका ‘ड्रप–आउट’ जकरबर्गले हाँकिरहेछन् सामाजिक सञ्जालको साम्राज्य
kendrabindu.com · Sat Aug 01 02:00:29 GMT 2026

काठमाडौं । विश्वमा लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक, ह्वाट्स एप र इन्स्टाग्रामको स्वामित्ववाला कम्पनी मेटाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्, मार्क जकरबर्ग। स्ट्याटिस्टाको सन् २०२५ को अध्ययनअनुसार फेसबुकसँग ३ अर्ब ७ करोड र ह्वाट्स एप तथा इन्स्टाग्रामसँग ३ अर्ब हाराहारी सक्रिय प्रयोगकर्ता छन्।
१४ मे १९८४ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका जकरबर्गले फेसबुक र यसको स्वामित्ववाला मूल कम्पनी मेटा प्लाटफर्म्स दुवैको सीईओको जिम्मेवारी सम्हालिरहेका छन्। सामाजिक सञ्जालमा यति ठूलो साम्राज्य जकरबर्गले एकै दिन खडा गरेका होइनन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)