पाँचपोखरी दर्शन गर्न गएका भक्तजनमाथि खुकुरी प्रहार
annapurnapost.com · Thu Aug 27 13:49:15 GMT 2026

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३,भोताङस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरी दर्शन गर्न गएका भक्तजनमाथि खुकुरी प्रहार भएको छ।
भदौ ११ गते मेलाको हुलमुलमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। खुकुरी प्रहारबाट मेलम्ची नगरपालिका– ७ का कृष्ण गिरी, लिलाकुमारी, काभ्रेको बेथानचोककी विजया तिमिल्सिना, पाँचपोखरी गाउँपालिका– ६ की मन्जु भट्टराई र लिदी– २ की कान्छीमाया दोङ घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)