११ महिनादेखि सदनमा अनुपस्थित छन् प्रदेश सभा सदस्य प्रकाश देउवा, तर सेवा–सुविधा नियमित उपलब्ध
ratopati.com · Sat Aug 01 02:16:00 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन् । यति लामो समयदेखि प्रदेश सभाको कुनै पनि बैठकमा उनी उपस्थित भएका छैनन् । संसदीय गतिविधिबाट टाढा रहे पनि प्रदेश सभा सदस्यका रूपमा पाउने सेवा–सुविधा र तलब भने नियमित रूपमा उनको बैंक खातामा जम्मा भइरहेको छ ।
प्रदेश सभा सचिवालयका अनुसार हालसम्म देउवामाथि कुनै कानुनी कारबाही प्रक्रिया सुरु नभएकाले उनको सेवा–सुविधा रोक्ने आधार छैन । प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले कुनै पनि सांसदबारे प्रदेश सभाबाट अन्यथा निर्णय नभएसम्म सचिवालयले तलब वा अन्य सुविधा रोक्न नमिल्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)