इरानलाई हतियार बिक्रीको विवरण निराधार : चीन
kendrabindu.com · Sat Aug 01 02:13:22 GMT 2026

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सिन्ह्वासँग कुरा गर्दै भनिन्, “ती प्रतिवेदनहरू असत्य र पूर्ण रूपमा निराधार छन्। चीनको भूमिका सधैँ शान्ति प्रवर्द्धन गर्ने र द्वन्द्व अन्त्य गराउने नै रहेको छ ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले इरानलाई हतियार उपलब्ध गराएमा आफू निकै निराश हुने बताएका थिए । अमेरिकी समाचार संस्था सीएनएनले पनि गुप्तचर निकायको विवरण उद्धृत गर्दै इरानले आफ्ना प्रमुख विदेशी साझेदारहरूको सहयोगमा केही हतियार प्रणाली खरिदको प्रयास गरिरहेको उल्लेख थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)