सामाजिक सद्भाव बिथोल्ने ३९ जना प्रहरी नियन्त्रणमा
kendrabindu.com · Sat Aug 01 02:17:28 GMT 2026

काठमाडौं। तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका छन् । उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको उनले बताए ।
शुक्रबार सबैभन्दा बढी धनुषामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा २१ जनालाई राखिएको छ । त्यसबाहेक सिरहामा ५, सर्लाहीमा ९, पर्सामा १, महोत्तरीमा २ र सप्तरीमा १ जना नियन्त्रणमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)