तराईं-मधेशका ६ जिल्लाबाट तीन दिनमा ६४ जना पक्राउ : २५ छुटे, ३९ जनामाथि अनुसन्धान हुँदै
lokaantar.com

सुनसरीबाट शुरू भई मधेशका विभिन्न जिल्लामा फैलिएको पछिल्लो तनावका क्रममा प्रहरीले उच्छृङ्खल तथा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा ठूलो संख्यामा मानिसहरूलाई नियन्त्रणमा लिएको छ। क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र स्थिति थप बिग्रन नदिन प्रहरीले विभिन्न जिल्लाहरूबाट कुल ६४ जनालाई नियन्त्रणमा लिएको हो।
तनाव सिर्जना गर्ने र सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेको आरोपमा साउन १३ र १४ गते विभिन्न जिल्लाहरूबाट कुल २५ जना पक्राउ परेका थिए। साउन १३ गते सुनसरीबाट २ जना तथा साउन १४ गते धनुषाबाट १२ जना, महोत्तरीबाट १० जना र सिरहाबाट १ जना गरी २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिइएका ती सबै २५ जनालाई भने प्रहरीले छाडिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)