ट्रकको ठक्करबाट बृद्धको मृत्यु, राजमार्ग अवरुद्ध
kendrabindu.com · Sat Aug 01 02:27:26 GMT 2026

नवलपरासी । महेन्द्रराजमार्ग अन्तर्गत कावासोतीको फिलिम हल चोकमा ट्रकको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । घटनापछि अहिले बिहान स्थानीयले महेन्द्रराजमार्ग अबरुद्ध गरेका छन् ।
महेन्द्रराजमार्ग हुँदै पूर्व पश्चिम हिँडेका गाडी कावासोतीमा रोकिएका छन् । ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार नारायणगढवाट बुटवलतर्फ जाँदै गरेको एउटा ट्रकको ठक्करबाट कावासोतीका ७१ वर्षका तुलसी च्वाईको बिहान मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)