अमेरिका–इरान द्वन्द्वमा पहिलोपटक तानियो इजिप्ट
barnanmedia.com · Sat Aug 01 02:23:25 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण जारी रहँदा यो द्वन्द्वमा मध्यपूर्व तथा बाहिरका अन्य देशहरू पनि क्रमशः तानिँदै गएका छन् । इजिप्टको डामिएट्टा बन्दरगाहमा बुधबार भएको ड्रोन आक्रमणका कारण दुईवटा जहाजमा आगलागी भएको सीएनएनले जनाएको छ ।
यदि, यो नियोजित आक्रमण भएको पुष्टि भएमा, इजिप्ट प्रत्यक्ष रूपमा फैलिँदै गएको यस क्षेत्रीय द्वन्द्वमा तानिएको पहिलो घटना हुने बताइएको छ । यस आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि पक्षले लिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)