नायब सुब्बासहित पाँच जना ३ लाख घुससहित पक्राउ
kendrabindu.com · Sat Aug 01 03:23:40 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेलका तीन नायब सुब्बासहित पाँच जनालाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवालले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने काममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)