फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध
kendrabindu.com · Sat Aug 01 03:31:18 GMT 2026
काठमाडौं । क्रेमलिन समर्थक प्रचार प्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी रुसी टेलिभिजन टिप्पणीकार जेनिया फेडोरोभाले उक्त निर्णयलाई ‘सेन्सरसिप’ र ‘राजनीतिक दबाब’ को संज्ञा दिँदै त्यसको विरोध गर्नुभएको छ । फ्रान्सेली सरकारले भने उहाँमाथि राष्ट्रको मौलिक हितविरुद्ध रूसी प्रचार फैलाएको आरोप लगाएको छ ।
फेडोरोभाले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै सरकारको कदम आधिकारिक धारणासँग नमिल्ने विचारलाई दबाउने प्रयास भएको बताए । उनले आज आफूलाई निशाना बनाइएको भए पनि भविष्यमा फरक मत राख्ने जोसुकै यस्तै कारबाहीको सिकार हुन सक्ने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)