कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका युवक १७ वर्षपछि पक्राउ
nepalnews.com · Sat Aug 01 03:47:10 GMT 2026

धनगढी । कञ्चनपुरमा युवकको हत्या गरेर १७ वर्षदेखि फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ बस्ने ३५ वर्षीय टुकु भनिने राजेश राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए।
उनकाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष ६ महिना कैद सजाय तोकिएका रानालाई भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरिएको थियो । प्रहरीले प्राविधिक कारण गड्डाचौकीबाट पक्राउ गरिएको भनेपनि रानालाई भारतमा लुकेर बसेको अवस्थामा उतैबाट नियन्त्रणमा लिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)