‘संसदसम्म युवाको आवाज’ नारासहित रास्वपाले युवा दिवस देशव्यापी रूपमा मनाउने
kalakarmi.com · Sat Aug 01 04:02:20 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ । साउन १३ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सन् १९९९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय सदस्य तथा पार्टीका पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तर्राष्ट्रिय युवा दिवस-२०८३ मूल आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ । आयोजक समितिमा केन्द्रीय सदस्य, सांसद तथा पार्टीका नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, मञ्जु सिंह, सागर भुसाल, जमुना शर्मा, अरविन शाह, हेमराज थापा, रोहन कार्की, मनिष खनाल, डा. नमिता यादव, नारदमणि बास्तोला, उदयनारायण सापकोटा, साजन शर्मा, किसानप्रसाद तिमल्सिना, राजु सुनार, शेख कसमुद्दिन, चन्दनकुमार ठाकुर, भरत केसीलगायत रहेका छन्। सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहने व्यवस्था पनि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)