सामान्य बन्दै सुनसरीको अवस्था, कर्फ्यु हटाएर निषेधाज्ञा जारी
shilapatra.com · Sat Aug 01 04:14:00 GMT 2026

जिल्ला प्रशासन कार्यालय सुनसरीले १२ साउनको राति ९ बजेदेखि जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञ लागु गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शनिबार सूचना जारी गरी कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार १६ साउनको बिहान ८:३० बजेदेखि दैनिक साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइएको हो । यस अवधिमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) (क) बमोजिम तोकिएका क्षेत्रमा एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)