ओली उपस्थित बैठकमा एमालेको निर्णय: बागमतीको मुख्यमन्त्री जगन्नाथ थपलिया
kendrabindu.com · Sat Aug 01 05:09:10 GMT 2026

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेबाट जगन्नाथ थपलियाले दाबी पेस गर्ने भएका छन्।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको सत्ता साझेदारी सम्झौतामा बागमतीको नेतृत्व एमालेले लिने सहमति भएपछि यस पार्टीभित्र मुख्यमन्त्री को बन्ने भन्ने विवाद भइरहेको थियो।
एमाले प्रदेश संसदीय दलका नेता थपलियासहित प्रदेश सांसदद्वय किरण थापा र केशव पोखरेलले पनि मुख्यमन्त्री पदमा दाबी गरेका थिए। तर अन्तत: उनीहरूलाई ब्याक गराएर थपलियालाई नै मुख्यमन्त्री बनाउने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)