युरोपको सपना एकै रातमा टुट्यो : समुद्र तरेर स्पेन पुगेका हजारौं किन फर्किए ?
onlinekhabar.com · Sat Aug 01 05:09:24 GMT 2026

१६ साउन, बार्सिलोना । ‘साँच्चै भन्नुपर्दा, म किन आएँ भन्ने पनि अहिले थाहा छैन। अब म फर्किरहेको छु। हिजो दिउँसोदेखि केही खाएको छैन। पैसा ल्याएको थिएँ, तर पनि खान पाइएन।हामीले जे गरिरहेका छौं, त्यो न राम्रो छ, न रमाइलो।’
मोरक्कोको ट्याङ्जियरका एक युवाले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका यी शब्दहरूले अहिलेको सेउटा संकटको सबैभन्दा ठूलो विडम्बना बयान गर्छन्। केही घण्टाअघि मात्रै युरोप पुग्ने आशामा समुद्रमा हाम फालेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौं मानिस अहिले त्यही बाटो हुँदै निराश भएर मोरक्को फर्किरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)