‘इरानले बारम्बार वचन तोड्छ, विश्वास गर्न गाह्रो भयो’: ट्रम्प
kalakarmi.com · Sat Aug 01 05:03:03 GMT 2026

वासिङ्टन, डी.सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो विश्वास क्रमशः घट्दै गएको बताएका छन् । इरानी अधिकारीहरूले वार्ताका क्रममा प्रतिबद्धता जनाए पनि बारम्बार त्यसको उल्लंघन गर्ने गरेको उनको आरोप छ ।
क्याम्प डेभिडमा आयोजित मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै ट्रम्पले इरानले आफ्ना वचनहरू पालना नगरेकाले उसमाथि विश्वास गर्न कठिन भएको बताए । ‘उनीहरू झूट बोल्छन् र तथ्यलाई तोडमोड गर्छन् । उनीहरू सधैं वार्ता गर्न चाहन्छन, तर आफ्नो वचन धेरै पटक तोड्ने गर्छन,’ ट्रम्पले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)