राजनीतिको धुलो टकटक्याएर माटोमा रमेकी पूर्वमन्त्री
lokaantar.com

लुम्बिनी प्रदेशकी पूर्वमन्त्री रमा घर्ती कृषिमा रमाइरहेकी छिन् । आफ्नै घर पाल्पाको माथागढी रुप्सेमा कृषि फर्म सञ्चालन गरी घर्तीले हरिया तरकारी उत्पादन र बिक्री गर्ने गर्छिन् । रमा २०७९ सम्म लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिइन् ।
प्रदेशसभामा आफ्नो कार्यकाल र सार्वजनिक पदसकिएसँगै उनले कृषि कर्म रोजेकी हुन् । राजनीतिलाई पेशा बनाएर हिँड्नेहरूलाई रमाको उद्यमले श्रमको सम्मान बढाउन र युवालाई कृषितर्फ आकर्षित गर्न सकारात्मक सन्देश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)