पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव फेला
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
इस्लामाबाद । पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चार शव फेला पारेको छ। तीमध्ये तीन जनाको शव शुक्रबार बाहिर निकालिएको अधिकारीले जनाएका छन्। खराब मौसमका कारण हेलिकप्टरमार्फत खोजी तथा उद्धार कार्य प्रभावित भएको छ।
गिलगिट–बाल्टिस्तान क्षेत्रीय सरकारले फेला परेका तीन शव नेपाली पर्वतारोही पूर्णबहादुर गुरुङ, ओमानी पर्वतारोही नथिरा अहमद र अमेरिकी पर्वतारोही म्यालोरी गेइसको भएको पुष्टि गरेको छ। शवहरू अस्पताल पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)