ग्याँस उद्योगलाई आयल निगमको निर्देशन- आपूर्ति सहज बनाउनू
kendrabindu.com · Sat Aug 01 06:09:43 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्याँसको आपूर्तिलाई सहज र नियमित बनाउन सबै ग्याँस उद्योगीलाई आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। निगमले शनिबार जारी गरेको विज्ञप्तिमार्फत बजारमा ग्याँस अभावबारे उपभोक्ताबाट गुनासो आउन थालेपछि यस्तो अनुरोध गरेको हो।
निगमका अनुसार १४.२ केजी क्षमताको ग्याँस सिलिन्डरको बिक्री–वितरण सुरु भएपछि केही स्थानमा ग्याँस सहज रूपमा उपलब्ध नभएको गुनासो प्राप्त भएको छ। त्यसैले उद्योगीहरूले उपभोक्ताले सहजरूपमा ग्याँस पाउने वातावरण बनाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)