भेनेजुएलामा गएको भूकम्पप्रति नेपालद्वारा दुःख प्रकट
gorkhapatraonline.com · Fri Jun 26 00:28:40 GMT 2026

सरकारले भेनेजुएलामा गएको शक्तिशाली भूकम्पले गराएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । भेनेजुएलाको राजधानी काराकास केन्द्रविन्दु भएर गएको दुई वटा शक्तिशाली भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षतिको दुःखद खबरले नेपाल सरकार मर्माहत भएको औँल्याइएको छ ।
परराष्ट्र मन्त्रालयले बिहीबार वक्तव्य जारी गर्दै भनेको छ, “हामी पीडित परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ तथा भेनेजुएला सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)