सवारी दुर्घटना ३ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sat Aug 01 06:14:58 GMT 2026

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १६ जना र कोशी प्रदेशमा १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार कर्णाली प्रदेशमा तीन, सुदूरपश्चिम प्रदेशमा १० र बागमती प्रदेशमा पाँच जना घाइते भएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। कोशी प्रदेशमा एक जनाको मृत्यु र १५ जना घाइते भएका छन्। मधेश प्रदेशमा ११, काठमाडौं उपत्यकामा ११ र लुम्बिनी प्रदेशमा १६ जना घाइते भएका छन्। देशभरका दुर्घटनामा कुल तीन जनाले ज्यान गुमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)