समाजभित्रका कथाव्यथा
annapurnapost.com · Sat Aug 01 06:14:18 GMT 2026

आख्यानकार नारायण तिवारी नेपाली साहित्यमा सुपरिचित नाम हो। उनको जन्म २०११ पुस २९ गते सुनसरी जिल्लाको सीतागन्ज गाउँमा भएको हो। उनको लेखनको सुरुवात भने पहिले कविताबाट नै भएको देखिन्छ। २०३३ जेठ ९ गतेको संरक्षक साप्ताहिकमा, ‘केवल रित्तो संसार छ’ शीर्षकको कविताबाट लेखन क्षेत्रमा उदाएका हुन् उनी। लगत्तै फागुन ११ गतेको मातृभूमि साप्ताहिकमा, ‘परिणाम केवल शून्य’ शीर्षकको उनको कथा छापिएको हो। उनको कथा लेखनले आधा शताब्दी नाघिसकेको छ।
हालसम्म पनि उनी निरन्तर कथा लेखनमा सक्रिय रूपले आफ्नो उपस्थिति जनाइरहेका छन्। उनका समकालीन कतिपय कथाकारहरूले भने कथा लेख्न छाडिसके। २०८२ सालमा शिखा बुक्सद्वारा प्रकाशित उनको कथा संग्रहभित्र जम्मा २७ थान कथा छन्। यी कथामध्ये केही साहित्यिक पत्रपत्रिकामा पूर्वप्रकाशित हुन् भने केही कथाहरूले भने संग्रहमै पहिलोपटक प्रवेश पाएका हुन्। यस्तै कथाहरूको संग्रह हो, ‘जंगबहादुर पनि हाँस्छ ?’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)