लोमान्थाङ : नेपाली माटोको महाकाव्य
annapurnapost.com · Sat Aug 01 06:17:32 GMT 2026

मेरो चेतनाको नक्सामा हिमालको ठेगाना उत्तारबाहेक अन्त कतै थिएन। तर, जब माथिल्लो मुस्ताङको उराठ, सुक्खा र रहस्यमयी भूगोलमा पाइला टेकें, पुराना भौगोलिक विश्वासहरू एकैछिनमा भत्किए।
तराईको समथर मैदानमा हुर्केको मलाई सधैं लाग्थ्यो— हिमाल भनेको उत्तरतर्फमात्रै हुन्छ। मेरो चेतनाको नक्सामा हिमालको ठेगाना उत्तरबाहेक अन्त कतै थिएन। तर, जब माथिल्लो मुस्ताङको उराठ, सुक्खा र रहस्यमयी भूगोलमा मैले पाइला टेकें, मेरा सारा पुराना भौगोलिक विश्वासहरू एकैछिन्मा भत्किए। त्यहाँ पुगेर यताउति हेर्दा हिउँले ढकमक्क ढाकिएका हिमशृंखलाहरू उत्तरमा होइन, दक्षिणमा उभिएर मलाई हेरिरहेका थिए। लोमान्थाङको यो यात्रा केवल एउटा भौगोलिक विचरण मात्र थिएन, हावा, हिउँ र समयले लाखौं वर्ष लगाएर कुँदेका चट्टानी मूर्तिहरूबीच आफ्नै चेतनाको क्षितिज फराकिलो बनाउने एक गहिरो मनोवैज्ञानिक अनुष्ठान थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)