एडवड्र्सले दिए नेदरल्याण्ड्सको कप्तानबाट राजीनामा, बास डे लिडे नयाँ कप्तान
ratopati.com · Sat Aug 01 06:23:36 GMT 2026
काठमाडौँ । नेदरल्याण्ड्सका कप्तान स्कट एडवड्र्सले कप्तान पदबाट राजीनामा दिएका छन् । सन् २०२२ जुनमा कप्तानी सम्हालेका उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत उट्रेच्ट चरणको समाप्तिसँगै नेतृत्वबाट अलग हुने घोषणा गरेका हुन् ।
उनको स्थानमा तीव्र गतिका बलिङ अलराउन्डर बास डे लिडेले लिग–२ का बाँकी खेलदेखि टोलीको कप्तानी सम्हाल्ने भएका छन् । रोयल डच क्रिकेट संघले सार्वजनिक गरेको भिडियोमा टोलीका खेलाडीलाई सम्बोधन गर्दै एडवड्र्सले कप्तानीबाट अलग हुने निर्णय सुनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)