उपभोक्तालाई टेकुबाट एलपी ग्यास
baahrakhari.com · Sat Aug 01 06:25:00 GMT 2026

काठमाडौं । उपभोक्ताहरूले टेकुबाट एलपी ग्यास पाउन सक्ने भएका छन् । काठमाडौं उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन १६ गतेदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत वितरण थालिएको छ ।
बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बिक्री गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ । निगमले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै ग्यास वितरण व्यवस्थालाई थप व्यवस्थित बनाइएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)