रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानुनी समस्याले बालेन कामचलाउ भए : खगेन्द्र सङ्ग्रौला
ratopati.com · Sat Aug 01 07:07:26 GMT 2026

काठमाडौँ । साहित्यकार खगेन्द्र सङ्ग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् । ‘समाज र राजनीतिबिचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार थाहा नपाईकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको उनको तर्क छ । उनले समाजको विवेकहीन भीडतन्त्रलाई राजनीतिक नेताहरूले आफ्नो फाइदाका लागि प्रयोग गर्ने गरेको बताए। साहित्यकार सङ्ग्रौलाले नेपाली समाजमा तार्किकताको अभाव रहेको र यसमा एक प्रकारको ‘भेडोपन’ हाबी भएको तर्क गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)